माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
काठमाडौं, कात्तिक २५ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।
बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार