मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री थिए ।विराटनगर, कात्तिक २५ : कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री थिए ।
मानव तस्करीको आरोप लागेपछि उनी निलम्वनमा छन् । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई अधिकारीले तीनजना व्यक्ति लिएर जापान गएका थिए । जापानको अध्यागमनले विमानस्थलबाटै फर्काइदिएपछि मानव तश्करीको आशंका गरिएको छ ।
अधिकारीलाई कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरिसकेको छ । अधिकारीसँगै जापान गएका व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १३:०० बजे, आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१