Kathmandu Press

यू-१९ महिला विश्वकप छनोटमा नेपालको पहिलो हार

यसअघिका दुवै खेलमा जित निकालेको नेपाल शनिबार दुबईमा भएको खेलमा घरेलु टोली युएईसँग १३ रनले पराजित भयो।
यू-१९ महिला विश्वकप छनोटमा नेपालको पहिलो हार

काठमाडाैं, कात्तिक २४ : युएईमा जारी यू-१९ महिला टि-२० विश्वकप छनोटमा नेपालले पहिलो हार ब्यहोरेको छ। यसअघिका दुवै खेलमा जित निकालेको नेपाल शनिबार दुबईमा भएको खेलमा घरेलु टोली युएईसँग १३ रनले पराजित भयो।

युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो।

Hardik ivf

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। १९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन्।

सोनी पाख्रिन र साना प्रविनले समान १९ रन बनाउँदा ज्योत्सनिका मरासिनी ११ रन बनाइन्। बलिङमा युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेटको क्षतिमा १२२ रन बनायो। उसका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाउँदा लावन्या केनीले २० रन बनाइन्।

बलिङमा नेपालका रिया ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले समान १ विकेट लिए।

अब नेपालले आइतबार चौथो खेल थाइल्यान्डसँगत खेल्नेछ।

डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। लगातार ३ खेल जितेको युएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित मिति: २०:०८ बजे, शनिबार, कात्तिक २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्