Kathmandu Press

कोप–२९ मा भाग लिन वनमन्त्री शाही अजरबैजान प्रस्थान

सम्मेलन कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ। मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा. दीपककुमार खराललगायत छन्।
कोप–२९ मा भाग लिन वनमन्त्री शाही अजरबैजान प्रस्थान
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २४ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन्।

सम्मेलन कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ। मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा. दीपककुमार खराललगायत छन्।

Hardik ivf

सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानि, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गर्ने तयारी गरेको छ।

यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ।

कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ। उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नेछन्।

यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ।

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, कात्तिक २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्