Kathmandu Press

उपप्रधानमन्त्री सिंह स्वदेश फिर्ता

१८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन्।
उपप्रधानमन्त्री सिंह स्वदेश फिर्ता

काठमाडौं, कात्तिक २४ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन्।

१८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन्।

Hardik ivf

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए।

‘सहरहरु निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौं। जलवायु परिवर्तनका कारण सहरहरुमा अति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता रहेको समेत ध्यानाकर्षण गराएको बताए। उनले आउने दिनहरुमा स्थानिय तहदेखी नै यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदा कामहरु दिगो तरिकाले गर्न सकिने समेत बताए।

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, कात्तिक २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्