Kathmandu Press

एनपिएल टिम ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमबीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो।
एनपिएल टिम ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

काठमाडौं, कात्तिक २४ : हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको नेपाल प्रिमियर लिगको टिम कर्णाली याक्सले जर्सी सार्वजनिक गरेको छ ।

शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमबीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो।

जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ।

मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को लागि जर्सी प्रदर्शन गरे।

कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो।

खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् । उनले कर्णालीको  हिमाली भाग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जोकोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास गरे।

पूर्व मन्त्री खड्काले क्यानमा पारस खड्का आएसँगै क्यानले सरकार र व्यवसायिकलाई मिलाएर क्रिकेटलाई राम्रो गराउन लाग्नु सकारात्मक सन्देश रहेको जनाए।

प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलगायत स्वदेशी खेलाडी छन् भने विदेशी खेलाडीका रुपमा वेष्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, कात्तिक २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्