एमाले सचिवालय बैठक बस्दै
बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ।काठमाडौं, कात्तिक २४ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।
बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ।
प्रकाशित मिति: १०:३५ बजे, शनिबार, कात्तिक २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओलीबिहीबार, पुस १८, २०८१
अख्तियारको पहुँच र अधिकार क्षेत्र फराकिलो बनाउने तयारी बिहीबार, पुस १८, २०८१
ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्रीबिहीबार, पुस १८, २०८१