Kathmandu Press

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ट्रक दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर, कात्तिक २३ । पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो।

Hardik ivf

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन्।

घाइतेलाई थप उपचारका लागि झापा पाठइएको छ । ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी  दिए।

ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, कात्तिक २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्