Kathmandu Press

बागमती प्रदेशका स्थानीय तहका लागि एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमालेले बागमती प्रदेशका स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ।
बागमती प्रदेशका स्थानीय तहका लागि एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं, कात्तिक २३ । नेकपा एमालेले बागमती प्रदेशका स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ।

शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले बागमती प्रदेशभरिका स्थानीय तहका लागि उम्मेदवार टुंग्याएको हो।

Hardik ivf

बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको नाम स्वीकृत गरेको छ।

त्यस्तै काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा राजेश नगरकोटी, कीर्तिपुर नगरपालिका-१ मा हर्ष महर्जन, वडा ४ मा बद्री बुढाथोकी, ककनी- २ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ पदमा उपचुनाव हुँदैछ। उम्मेदवारी दर्ता मंसिर २ गतेलाई तोकिएको छ।

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, कात्तिक २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्