Kathmandu Press

कोशीका मन्त्रीसँगै मानव तश्करीमा मुछिएका ६ जना प्रहरी हिरासतमा

मन्त्री अधिकारीमाथि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान उडेको आरोप छ।
कोशीका मन्त्रीसँगै मानव तश्करीमा मुछिएका ६ जना प्रहरी हिरासतमा

काठमाडौं, कात्तिक २२ : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीमाथि जापानमा मानव तस्करीको आरोप लागेपछि बुधबार पदबाट राजीनामा दिए।

मन्त्री अधिकारीमाथि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान उडेको आरोप छ।

जापानको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसहित जापा गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि नेपाल फर्किएका थिए।

मन्त्री अधिकारीमाथि पदको मात्र दुरूपयोग गर्दै मन्त्रालयकै कार्ड बनाएर शेर्पा राई र देवकोटालाई जापान लैजान भूमिका खेलेको आरोप लागेको छ जापानको अध्यागमनले डिपोर्ट गरेका शेर्पा, राई र देवकोटासँगै अन्य तीन जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

उनीहरुसँगै जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थुनामा राखेको हो।

प्रहरीका अनुसार डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नक्कली कार्ड बरामद गरेको छ। उक्त कार्डमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको खुलेको छ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, कात्तिक २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्