Kathmandu Press

सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ घाइते

 मृत्यु र घाइतेको पहिचान खुलेको छैन।
सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ घाइते

दैलेख, कात्तिक २३ । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

 मृत्यु र घाइतेको पहिचान खुलेको छैन।

आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताए।

तीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, कात्तिक २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्