Kathmandu Press

प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौँ, कात्तिक २३ ।  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो।

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए।

प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए। समितिमा प्रस्तावित न्यायाधीश  निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, कात्तिक २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्