रास्वपा केन्द्रिय समिति बैठक शनिबार बस्ने
बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा कात्तिक २४ गते शनिबार बिहान साढे ११ बजे बस्ने छ।
काठमाडौं, कात्तिक २३ : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक शनिबारका लागि बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा कात्तिक २४ गते शनिबार बिहान साढे ११ बजे बस्ने छ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ।
बैठकले आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीका बारेमा पनि छलफल गर्नेछ।
प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)


-1786867986.jpg)