काठमाडौंमा यसरी गरियो छठ समापन [फोटो फिचर]
काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो।काठमाडौं, कात्तिक २३ : आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ।
काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका छन्।
काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो।
त्यस्तै, बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।
व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन्।
प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’शनिबार, मंसिर २९, २०८१
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमानशनिबार, मंसिर २९, २०८१
तस्बिरमा हेर्नुस महानगर दिवसशनिबार, मंसिर २९, २०८१
‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’शनिबार, मंसिर २९, २०८१