काठमाडौंमा यसरी गरियो छठ समापन
काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो । त्यस्तै, बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।काठमाडौं, कात्तिक २३ : आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ । काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका छन् ।
काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो । त्यस्तै, बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ ।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन् ।
छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।