Kathmandu Press

कांग्रेस र माओवादीले टुंग्याए मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका मेयर उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस र माओवादीले टुंग्याए मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका मेयर उम्मेदवार टुंगो लगाएको छ।

उपनिर्वाचनका लागि कांग्रेसबाट बलराम सरदार अध्यक्षका उम्मेदवार हुन्। मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै माओवादी केन्द्रले नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनी केही महिनाअघि मात्रै माओवादी केन्द्र प्रवेश गरेका थिए।

यहाँ एमालेले भने उम्मेदवार टुंग्याएको छ।

तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो। गच्छदार कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

पछिल्लो राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन पार्टीकै भेलामा अचेत भई लडेका उनको असार ३ गते उपचारकै क्रममा निधन भएको थियो।

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, कात्तिक २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्