Kathmandu Press

उपनिर्वाचनमा एमाले एक्लै लड्छ, गठबन्धन गर्दैनः शंकर पोखरेल

विहीबार एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउँदै तालमेल नगर्ने बताएका हुन्। 
उपनिर्वाचनमा एमाले एक्लै लड्छ, गठबन्धन गर्दैनः शंकर पोखरेल

काठमाडौं, कात्तिक २२ ‍। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उप–निर्वाचनमा एमालेले कसैसँग तालमेल र गठवन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् । 

विहीबार एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउँदै तालमेल नगर्ने बताएका हुन्। 

‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ । हामी एक्लै लड्छौँ । चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ,' उनले भने। 

नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार भए पनि दुवै पार्टी अलग अलग चुनाव लड्ने पनि महासचिव पोखरेलले बताए ।

साथै, पोखरेलले राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपरेको बताए। 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, कात्तिक २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्