गौरीघाट र कमलपोखरीमा राष्ट्रपति पौडेलले गरे छठ पूजा [फोटो फिचर]
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पूजा गरेका छन्।![गौरीघाट र कमलपोखरीमा राष्ट्रपति पौडेलले गरे छठ पूजा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photos-(4)-1730976782.jpg)
काठमाडौं, कात्तिक २२ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पूजा गरेका छन्।
राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर विहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेका हुन् ।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए ।
यसैगरी, उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे ।
राष्ट्रपति पौडेल गुहृश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
तस्बिरहरूः
-1730976783.jpg)
-1730976781.jpg)
-1730976782.jpg)
-1730976782.jpg)
-1730976781.jpg)
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












