Kathmandu Press

उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्ने कमाण्डर

कांग्रेसले नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, नेताहरु भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेश र एनपी साउदलाई सुदूरपश्चिम प्रदेश हेर्ने जिम्मेवारी तोकेको हो।
उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्ने कमाण्डर

काठमाडौं, कात्तिक २२ : आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।

उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन नेताहरुको जिम्मेवारी निर्धारण गरिएको हो।

कांग्रेसले नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, नेताहरु भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेश र एनपी साउदलाई सुदूरपश्चिम प्रदेश हेर्ने जिम्मेवारी तोकेको हो।

Hardik ivf

यस्तै, प्रवक्ता डा.प्रकाशशरण महतलाई अन्तरपार्टी समन्वयको जिम्मेवारी तोकिएको छ। नेतृ पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयको जिम्मेवारी तोकिएको छ।

मीन विश्वकर्मालाई प्रचारप्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, कात्तिक २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्