कीर्तिपुरमा सुरेन्द्र मानन्धर बने एमालेको उम्मेदवार
एमालेको नगर समितिको सिफारिसका आधारमा एमालेले मानन्धरलाई नै उम्मेदवार बनाएको हो।
काठमाडाैं, कात्तिक २२ : नेकपा एमालेले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ।
एमालेको नगर समितिको सिफारिसका आधारमा एमालेले मानन्धरलाई नै उम्मेदवार बनाएको हो।
मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन्।
आजै कीर्तिपुरमा घोषणासभा पनि आयोजना गरियो। जसमा उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए।
त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












