Kathmandu Press

ह्यारिसले ट्रम्पलाई बधाई दिदै गरिन्, ‘सत्ता हस्तान्तरणमा सघाउने वाचा’  

वासिङट्न डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरेपनि चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने बताइन।
ह्यारिसले ट्रम्पलाई बधाई दिदै गरिन्, ‘सत्ता हस्तान्तरणमा सघाउने वाचा’  

काठमाडौं, कात्तिक २२ : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन्।

वासिङट्न डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरेपनि चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने बताइन।

उनले आफूले सबै मानिसहरूको स्वतन्त्रता, अवसर, सम्मान र समानताको लागि लडिरहने पनि धारणा राखेकी थिइन्। यसअघि बुधवार ह्यारिस र राष्ट्रपति बाइडेनले राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पलाई टेलिफोन गरेर निर्णायक जितका लागि बधाई दिएका थिए।

ट्रम्पको अभियानले संयुक्त राज्य अमेरिकालाई एकताबद्ध बनाउनुको महत्त्वबारे ह्यारिससँग पूर्व राष्ट्रपति सहमत रहेको जनाएको छ। चुनावमा पराजित भएपछि उपराष्ट्रपति ह्यारिसले वासिङ्टनस्थित आफू अध्ययन गरेको हाउअर्ड विश्वविद्यालयमा एउटा भावपूर्ण सम्बोधन गरेकी थिइन्।

उनले समर्थकहरूलाई अमेरिकाको उज्ज्वल भविष्यका लागि लड्न नछाड्न अनुरोध गरेकी थिइन्। उनको अभियानकातर्फबाट समर्थकहरूलाई पठाइएको इमेलमा पनि त्यसमा जोड दिइएको छ।
 

प्रकाशित मिति: १०:३० बजे, बिहीबार, कात्तिक २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्