Kathmandu Press

रियल मड्रिड एसी मिलानसँग परापिजत, बार्सिलोना विजयी

बुधबार राति बर्नाबेउमा भएको खेलमा रियल एसी मिलानसँग ३-१ले पराजित भयो।
रियल मड्रिड एसी मिलानसँग परापिजत, बार्सिलोना विजयी

काठमाडाैं, कात्तिक २२ : डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार व्यहोरेको छ। बुधबार राति बर्नाबेउमा भएको खेलमा रियल एसी मिलानसँग ३-१ले पराजित भयो।

च्याम्पियन्स लिगको चौथो खेलमा रियलका यो दोस्रो हार हो। यसअघि रियल घरेलु मैदानमै लिलसँग पराजित भएको थियो।

बुधबार राति रियलविरुद्ध जित दिलाउन मिलानका मलिक थिओ, अल्भारो मोराटा र तिजानी रेजिन्डेर्सले गोल गरेका थिए भने रियलका भिनिसियस जुनियरले गोल गरेका थिए।

१२औं मिनेटमा थिओको गोलमा मिलानले अग्रता लियो। २३औं मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३९औं मिनेटमा मोराटाले मिलानलाई पुनः अग्रता दिलाए।

त्यसपछि ७३औं मिनेटमा रेजिन्डर्सले गोल गरेपछि मिलानले रियललाई उसकै मैदानमा ३-१ले हरायो।

यस्तै, अर्को खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। बार्सिलोनाले रेड स्टारमाथि ५-२को फकाराकिलो जित निकाल्यो।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा राफिन्हा, इनिगो मार्टिनेज र फेर्मिन लोपेजले पनि गोल गरे। रेड स्टारका सिलास एमवुम्पा र फेलिसियो मिल्सनले गोल गरेका थिए।

यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिडले पिएसजीलाई २(१ले हरायो। खेलमा एट्लेटिकोका नाहुइल मोलिना र एंगल कोरेयाले गोल गरे भने पिएसजीका वारेन जेरीइम

प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, कात्तिक २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्