Kathmandu Press

सुशासनको मुद्धाबाट माओवादी पछि हट्दैन : देव गुरूङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन्।
सुशासनको मुद्धाबाट माओवादी पछि हट्दैन : देव गुरूङ

म्याग्दी, कात्तिक २१ ।  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए।

‘राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,’ उनले भने, ‘भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ।’

कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उहाँले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गरे।

राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताए।

सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: २०:११ बजे, बुधबार, कात्तिक २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्