यस्ता छन् कांग्रेस-एमाले संयन्त्रको पहिलो बैठकको दुई निर्णय
सत्ता सहकार्यलाई सहजीकरण गर्न नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको संयन्त्रले दुई निर्णय गरेको छ।काठमाडाैं, कात्तिक २१ : सत्ता सहकार्यलाई सहजीकरण गर्न नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको संयन्त्रले दुई निर्णय गरेको छ।
बुधबार बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रको संयोजन दुई दलले एक-एक महिना पालैपालो गर्ने निर्णय गरेको छ।
जसअनुसार पहिलो महिना कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्ने संयोजन गर्नेछन्।
बैठकको दोस्रो निर्णयमा चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणमामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणको संयोजन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भनिएको छ।
दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने भनिएको छ।
संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन कांग्रेस र एमालेको गत कात्तिक १५ गते बसेको संयुक्त बैठकले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र गठन गरिएको थियो।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
त्यसैगरी सातै प्रदेश र जिल्ला तहमा पनि दुईदलीय संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ।