Kathmandu Press

रूकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना

बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
रूकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना

ढोरपाटन, कात्तिक २१। बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

रुकुमदेखि काठमाडौंका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए।

गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरीक्षक चिलवालले बताए।

उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, कात्तिक २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्