राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
काठमाडौं, कात्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई ऐतिहासिक जित हासिल गरेकोमा बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन्।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरे।
प्रकाशित मिति: १८:१५ बजे, बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












