सत्ता सहकार्य मजबुत बनाउन कांग्रेस-एमालेले बनायो संघदेखि जिल्लासम्म संयन्त्र
संघ, प्रदेश र जिल्ला तहमा कांग्रेस र एमालेले संयुक्त संयन्त्र बनाएका हुन् ।काठमाडौं, कात्तिक २१ । सत्ता सहकार्यलाई सहजीकरण गर्न नेपाली कांग्रेस र नेकपा एमालेले तीनै तहमा संयन्त्र बनाएका छन् ।
संघ, प्रदेश र जिल्ला तहमा कांग्रेस र एमालेले संयुक्त संयन्त्र बनाएका हुन् ।
संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र डा.आरजु राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।
उक्त संयन्त्रले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने छ ।
सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको जनाइएको छ ।
एमालेले जिल्ला र प्रदेशको संयन्त्रमा रहने सदस्यको टुंगो लगाए पनि कांग्रेसले भने संयन्त्रका सदस्यहरुबारे निर्णय लिन बाँकी छ ।
प्रकाशित मिति: १८:११ बजे, बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१