Kathmandu Press

नेप्सेमा झिनो अंकको गिरावट

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।
नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं, कात्तिक २२।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८८ अंकले ओरालो लागेर दुई हजार ६७५.५१ बिन्दुमा आएको छ।

आजको कारोबारमा सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर  ४७७ .१८ मा सीमित भएको छ। त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ। कुल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर रु पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ मा कारोबार भएको छ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाइड्रोपावर ९.९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९.१२, समृद्धि फाइनान्स कम्पनीको ८.७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७.८० प्रतिशतले कमाएका छन्।

आजको कारोबारमा नेपाल फाइनान्स ८.२६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८.२३, समाज लघुवित्त वित्तीय संस्था ६.२१, युनाइटेड मोदी हाइड्रोपावर ४.०३ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३.५७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, कात्तिक २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्