Kathmandu Press

श्वेता खड्का ‘हेलो जिन्दगी’मा आउँदै

काठमाडौं, फागुन १७ : नायिका श्वेता खड्का ‘हेलो जिन्दगी’मार्फत फेरि दर्शक सामु आउन लागेकी छन् । उनको पछिल्लो फिल्म एक वर्ष अघि सार्वजनिक भए....

श्वेता खड्का ‘हेलो जिन्दगी’मा आउँदै

काठमाडौं, फागुन १७ : नायिका श्वेता खड्का ‘हेलो जिन्दगी’मार्फत फेरि दर्शक सामु आउन लागेकी छन् । उनको पछिल्लो फिल्म एक वर्ष अघि सार्वजनिक भएको थियो ।

गत वर्ष सार्वजनिक भएको उनको फिल्म ‘कान्छी’लाई धेरैले मन पराएका थिए । समीक्षकको प्रशंसा पाएको ‘कान्छी’ले राम्रो व्यापार पनि गरेको थियो ।

Hardik ivf

उनी फेरि ‘हेलो जिन्दगी’मा देखिन लागेकी छन् । यसका लागि बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सम्झौतापत्रमा हस्ताक्षर गरेकी छन् ।

यसलाई विरञ्जना इन्टरटेनमेन्ट प्रोडक्सन हाउसले निर्माण गर्न लागेको हो । यसको निर्देशन एभरेष्ट सूर्य बोहराले गर्ने छन् ।

कार्यकारी निर्माता सिर्जना जोशीको उपस्थितमा स्वेताले सम्झौतापत्रमा हस्ताक्षर गरेकी छन् । उनले ‘हेलो जिन्दगी’मा काम गर्न पाउँदा खुशी लागेको बताएकी छन् ।

 

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, फागुन १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्