अदालतबाट सफाइ पाएसँगै अर्याल योजना आयोगमा हाजिर हुने
अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका छन् । अर्यालमाथि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका कारण निलम्बनमा परेका थिए । राष्ट्रिय योजना आयोगमा ‘विशेष दरबन्दी’ सिर्जना गरी हाजिर गराइने भएको छ ।काठमाडौं, कात्तिक २१ : विशेष अदालतबाट भ्रमष्टाचार मुद्दामा सफाइ पाएसँगै तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगमा हाजिर हुने भएका छन् ।
अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका छन् । अर्यालमाथि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका कारण निलम्बनमा परेका थिए । राष्ट्रिय योजना आयोगमा ‘विशेष दरबन्दी’ सिर्जना गरी हाजिर गराइने भएको छ ।
अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको दाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अर्याल मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए ।
हाल मुख्य सचिव पदमा एकनारायण अर्याल छन् । अर्यालले विशेष अदालतबाट सफाइ पाए पनि अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्ने कानुनी बाटो भने अझै बाँकी छ ।
अन्तःशुल्क स्टिकर घोटाला प्रकरणमा अर्यालसहित ११ अभियुक्तमध्ये सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई मात्र अदालतले दोषी ठहर गरेको छ ।