प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण, केही दिन आराम गर्नुपर्ने
मौसम परिवर्तन हुँदा भाइरल ज्वरोको संक्रमण भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मौसम परिवर्तन हुँदा भाइरल ज्वरोको संक्रमण भएको हा ।
काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण पुष्टी भएको छ ।
मौसम परिवर्तन हुँदा भाइरल ज्वरोको संक्रमण भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मौसम परिवर्तन हुँदा भाइरल ज्वरोको संक्रमण भएको हा ।
ज्वरोसँगै घाँटीमा संक्रमण पनि भएको छ । स्वास्थ्य अवस्था सुधार हुँदै गएको तर केही दिन आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
डेंगुको आंशकामा रगत परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
प्रकाशित मिति: १४:४० बजे, बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार