पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।काठमाडौँ, कात्तिक २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति: १२:४० बजे, बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’शनिबार, मंसिर २९, २०८१
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमानशनिबार, मंसिर २९, २०८१
तस्बिरमा हेर्नुस महानगर दिवसशनिबार, मंसिर २९, २०८१
‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’शनिबार, मंसिर २९, २०८१