दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका १५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।काठमाडौं, कात्तिक २० । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका १५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली हिजै यहाँ आइपुगेको छ।
सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो ।
प्रकाशित मिति: २१:३० बजे, मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै शुक्रबार, मंसिर ७, २०८१
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदैशुक्रबार, मंसिर ७, २०८१
राजधानीमा एमालेले आज शक्ति प्रदर्शन गर्दैशुक्रबार, मंसिर ७, २०८१
देशका अधिकांश भागमा आज मौसम सफा रहनेशुक्रबार, मंसिर ७, २०८१