गैँडाको आक्रमणबाट बोटेको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।नवलपरासी, कात्तिक २० । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनु भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए।
निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।
प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुख घिमिरे आज कम्बोडिया जाँदैशुक्रबार, मंसिर ७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै शुक्रबार, मंसिर ७, २०८१
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदैशुक्रबार, मंसिर ७, २०८१
राजधानीमा एमालेले आज शक्ति प्रदर्शन गर्दैशुक्रबार, मंसिर ७, २०८१