Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेलले गरे गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन्।
स्वास्थ्यमन्त्री पौडेलले गरे गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण

राजविराज, कात्तिक २० ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन्।

त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए। 

उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएका थिए।

अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गरे।

प्रकाशित मिति: १७:५४ बजे, मंगलबार, कात्तिक २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्