Kathmandu Press

डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको रिट खारेज

सर्वोच्च अदालतले विद्युत बक्यौता विवादमा उद्योगीले दिएको रिट खारेज गरिदिएको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको रिट खारेज

काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतले विद्युत बक्यौता विवादमा उद्योगीले दिएको रिट खारेज गरिदिएको छ ।

उद्योगीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो।

हिमाल आइरन एन्ड स्टिलले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिट खारेज हुने निर्णय भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज हुने निर्णय सुनाएको हो।

सर्वोच्चको फैसला डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता विवादमा उद्योगीको विपक्षमा आएको छ।

प्राधिकरणले ८ करोडभन्दा बढीको बक्यौता असुल गर्न परिपत्र गरेपछि हिमाल आइरन एण्ड स्टिल उद्दोगले सर्वोच्चमा रिट दिएको थियो।

उद्योगको दाबीमा प्रमाण नपुग्ने बताउँदै रिट खारेज भएपछि उक्त उद्दोगले विद्युत बक्यौता असुल्नुपर्ने भएको छ । लोडसेडिङका बेला विशेष सुविधा पाएर विद्युत खपत गरिएका हिमाल स्टिलसहित ४९ वटा उद्योगले ६ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्