Kathmandu Press

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएका कारण बिरामी परेका छन्।
प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएका कारण बिरामी परेका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबारदेखि ज्वरो आएका कारण आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

ज्वरो आएका कारण बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको अवस्था सामान्य छ।

स्वास्थ्यमा प्रतिकूलता देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावस्यक बाहेक भेटघाट बन्द गरेका छन्।

अहिले उनको स्वास्थ्य जाँचको क्रममा रगत परीक्षणका लागि पठाइएको छ।

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्