Kathmandu Press

कीर्तिपुर मेयरका लागि कांग्रेसले सिफारिस गर्‍यो ११ जना आकांक्षीको नाम

पहिलो नम्बरमा को?
कीर्तिपुर मेयरका लागि कांग्रेसले सिफारिस गर्‍यो ११ जना आकांक्षीको नाम

काठमाडौं, कात्तिक २० ।  नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले मेयर पदको उपनिर्वाचनका लागि ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

नगर समितिले क्षेत्रीय आकाँक्षीको नाम क्षेत्रीय समितिमा पठाएको हो।

नगर समितिका सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखिएको छ। १६ मंसिरमा हुने स्थानीय तहको निर्वाचनको मेयर पदका लागि ११ जनाको नाम सिफारिस गरिएको हो।

समितिले डंगोलसहित बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ।

मेयरका लागि सिफारिस भएकी जमुना केही समयअघि निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् । उनी पेशाले अधिवक्ता हुन्।  

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, कात्तिक २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्