Kathmandu Press

विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान

उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए।
विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान

काठमाडौं, कात्तिक २० : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित गर्ने बताएका छन्।

मंगलबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन्।

‘विद्युतिय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ,’ उनले भने, ‘र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणिकरण हुन्छ।’

उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए।

‘अबको युग भनेको आइटीको युग हो। सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ। ऐन कानुन पक्कै आउछ,’ उनले भने, ‘कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ। त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौं।’

सभापति खानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न वारहरु भइरहेको बताए। जसको प्रतिकुल प्रभाव नेपालमा पनि विभिन्न रुपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, कात्तिक २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्