Kathmandu Press

वीरगञ्जमा करिब ६० किलो गाँजा बरामद

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।
वीरगञ्जमा करिब ६० किलो गाँजा बरामद
फाइल तस्बिर।

पर्सा, कात्तिक २० : प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ।

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, कात्तिक २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्