वीरगञ्जमा करिब ६० किलो गाँजा बरामद
प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।
पर्सा, कात्तिक २० : प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ।
प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)