Kathmandu Press

यसरी हुँदैछ काठमाडौंमा छठको तयारी [फाेटाे फिचर]

काठमाडौंको थापाथली, कमलपोखरी, गुहेश्वरीलगायतका ठाउँमा छठका घाट बनाउने क्रम चलिरहको छ।
यसरी हुँदैछ काठमाडौंमा छठको तयारी [फाेटाे फिचर]

काठमाडौं, कात्तिक २० : छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरु भएको छ।

काठमाडौंमा पनि छठको तयारी सुरु भएको छ। काठमाडौंको थापाथली, कमलपोखरी, गुहेश्वरीलगायतका ठाउँमा छठका घाट बनाउने क्रम चलिरहको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ।

Photos-(19)-1730802324.jpg

छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्।

Photos-(9)-1730802311.jpg

यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्।

यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ।

Photos-(16)-1730802320.jpg

Photos-(17)-1730802322.jpg

Photos-(12)-1730802315.jpg

Photos-(18)-1730802323.jpg

Photos-(14)-1730802317.jpg

Photos-(11)-1730802314.jpg

Photos-(15)-1730802318.jpg

Photos-(10)-1730802312.jpg

Photos-(8)-1730802311.jpg

Photos-(13)-1730802316.jpg

Photos-(6)(1)-1730802308.jpg

Photos-(7)-1730802309.jpg

Photos-(4)(1)-1730802304.jpg

Photos-(3)-1730802304.jpg

Photos-(6)-1730802309.jpg

Photos-(4)-1730802305.jpg

Photos-(2)-1730802303.jpg

Photos-(1)-1730802303.jpg

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, कात्तिक २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्