Kathmandu Press

कीतिपुरको मेयरमा महर्जनलाई उठाउने माओवादी निर्णय 

महर्जन २०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पनि कीर्तिपुर नगरपालिकाको मेयरमा उठेर पराजित भएका थिए । 
कीतिपुरको मेयरमा महर्जनलाई उठाउने माओवादी निर्णय 
Hardik ivf

काठमाडौं, कात्तिक २० : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि प्रा.डा. शिवशरण महर्जनलाई उठाउने निर्णय गरेको छ ।

माओवादी कीर्तिपुर नगर कमिटीको बैठकले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन २०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पनि कीर्तिपुर नगरपालिकाको मेयरमा उठेर पराजित भएका थिए । 

नेपाली कांग्रेसबाट मेयरमा निर्बाचित बनेका राजकुमार नकर्मीको निधनपछि उपनिर्वाचन हुन थालेको हा । कांग्रेसले मेयर, उपमेयरसहित ९ वटा वडाध्यक्ष पदमा चुनाव जितेको थियो । 
 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्