Kathmandu Press

पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन, प्रहरीले चलायो अश्रुग्यास

रास्वपाका कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन, प्रहरीले चलायो अश्रुग्यास

कास्की, कात्तिक २० : सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका छन्।

रास्वपाका कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

कास्की प्रहरीले सभापति लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत उपस्थित गराएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते पक्राउ परेका थिए।

सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्