फेरि घाइते भए नेमार
घुँडाको चोटबाट मुक्त हुँदै १ वर्षपछि मैदान फर्किएको २ सातामै नेमार पुनः घाइते भएका हुन्।काठमाडाैं, कात्तिक २० : ब्राजिलियन सुपरस्टार नेमार फेरि घाइते भएका छन्।
घुँडाको चोटबाट मुक्त हुँदै १ वर्षपछि मैदान फर्किएको २ सातामै नेमार पुनः घाइते भएका हुन्।
एएफसी च्याम्पियन्स लिगअन्तर्गत सोमबार राति भएको स्टेटघलाल एफसीविरुद्धको खेलमा नेमार घाइते भएका हुन्। उनको तिघ्रामा सामस्या देखिएको छ।
प्लेइङ सेटमै रहेका नेमार २९औं चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए। मैदान छाड्दा उनी फ्रस्टेट देखिन्थे। उनका चोटका बारे थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ।
अघिल्लो सिजनमा मात्र पिएसजीबाट साउदी क्लब अल हिलाल आएका नेमारले कुल ७ खेल मात्र खेलेका छन्।
नेमार घाइते भएको खेलमा अल हिलाल ३-०ले विजयी भएको छ।
प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओलीबिहीबार, पुस १८, २०८१
अख्तियारको पहुँच र अधिकार क्षेत्र फराकिलो बनाउने तयारी बिहीबार, पुस १८, २०८१
बालकलाकार सचिन परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्तबिहीबार, पुस १८, २०८१