Kathmandu Press

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २० : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहने छ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्