बस दुर्घटनामा एक जनाको मृत्यु, आठ घाइते
प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए।![बस दुर्घटनामा एक जनाको मृत्यु, आठ घाइते](https://kathmandupress.com/uploads/posts/accident-1726917569-1730186093.jpg)
अर्घाखाँची, कात्तिक ११ : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ जना घाइते भएका छन् ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए।
घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।
प्रकाशित मिति: १९:१५ बजे, सोमबार, कात्तिक १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार