Kathmandu Press

लिग-२ मा स्कटल्याण्डविरूद्ध करण केसी र भीम सार्की नखेल्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्।
लिग-२ मा स्कटल्याण्डविरूद्ध करण केसी र भीम सार्की नखेल्ने

काठमाडौं, कात्तिक १९ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।

राति १०:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पेरी क्रिकेट मैदान सुरु हुनेछ।

स्कटल्याण्ड विरूद्धको खेल करण केसी र भीम सार्कीले गुमाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्।

केसी र सार्कीको सट्टामा देव खनाल र सागर ढकालले खेल्ने भएका हुन्।

नेपाल यो सिरिजमा दोस्रो जितको खोजीमा छ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ भने एक खेलमा जित निकालेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो। हुनपुग्यो।

यसअघिको पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाले नेपाल केही उत्साति छ भने अमेरिकासँगको लगातार हारले केही निराश पनि छ।

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको थियो।

अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ। लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, कात्तिक १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्