Kathmandu Press

काठमाडौँको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

काठमाडौं, कात्तिक  १९ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, कात्तिक १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्