इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
सुरक्षा निकायले स्थानीय र पर्यटकलाई ज्वालामुखी विस्फोट भएकोको सात किलोमिटर दायराभित्र कुनै गतिविधि नगर्न निर्देशन दिएको छ।
जाकार्ता, कात्तिक १९ : पूर्वी इन्डोनेसियामा एउटा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन्।
इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएका बताए। उनका अनुसार, विस्थापितको संख्या अझै गणना भइरहेको छ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ।ज्वालामुखीनजिकै पाँच गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।
सुरक्षा निकायले स्थानीय र पर्यटकलाई ज्वालामुखी विस्फोट भएकोको सात किलोमिटर दायराभित्र कुनै गतिविधि नगर्न निर्देशन दिएको छ।
पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले सामूदायिक भवनमा शरण लिएका छन्।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)


-ink-1740145571.jpeg)