Kathmandu Press

नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको छ।
नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

बाँके, कात्तिक १९ : नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा  नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको छ।  

दुर्घटनामा एक जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए। घाइते हुनेमा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख छन्।

गम्भीर घाइते उनको नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ लगिएको छ। शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गए राति नै मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, कात्तिक १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्